दैलेखमा सर्पले टोकेपछि झारफुकको भर पर्दा किशोरीको मृत्यु

दैलेख, असोज १ । सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ।
सर्पले टोकेर सोही गाउँपालिका–१ नुवावनकी १८ वर्षीय कल्पना शाहीको मृत्यु भएको हो ।
आइबार बेलुका घरमा सुतिरहेको बेला बेलुका ६ बजेतिर उनलाई यसर्पले हातमा टोकेको थियो ।
सुरुमा झारफुक गर्दा सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।
प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार