टिपटप समोसा पसललाई महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं, असोज १ । काठमाडौं महानगरपालिले एक समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
बजार अनुगमनको क्रममा महानगरको टोलीले वडा नम्बर–१७ मा रहेको टिपटप समोसा पसललाई जरिवाना तिराएको हो । पसलले म्याद नाघेका वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।
पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए ।
पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारी बोलीबचनमा सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश दिएको उनले बताए ।
प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार