Deshko News
६ आश्विन २०८०, शनिबार

राष्ट्र बैंकमा ३० जनालाई जागिरको अवसर



काठमाडौं, असोज १ । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ ।

केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो ।

४५ वर्ष उमेर ननाघेकाहरुले असोज १५ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुनेछ ।

आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News