Deshko News
१६ आश्विन २०८०, मंगलबार

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता निलम्बित



काठमाडौं, असोज १ । नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा एक प्रदेश स्तरका नेतालाई निलम्बन गरेको छ ।

पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए ।

उनको कमजोरी पुष्टि भएसँगै केन्द्रीय कार्यालयको बैठकले उनलाई निलम्बनको निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News