Deshko News
१६ आश्विन २०८०, मंगलबार

संविधान संशोधन गर्न हतारिनु पर्ने अवस्था छैनः अध्यक्ष ओली



काठमाडौं, असोज २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिन पर्ने अवस्था नरहेको बताएका छन् ।

दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले संविधान संशोधनका नाममा आयातित र प्रायोजित कुराहरू पनि देखिएकाले हतारिन नपर्ने बताए । उनले दुई पटक संविधान संशोधन भएको र तेस्रोपटक गर्दा एक(एक विषयमा नभई धेरै विषय समेटेर गरिनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले दलीय भावनाभन्दा माथि उठेर नेम्वाङले संविधान जारी गर्न भूमिका खेलेको बताए। कतिपय शक्तिहरूले संविधान जारी नगर्न भनिरहेका बेला उनले आफ्नो काम कुशलतापूर्वक निर्वाह गरेको स्मरण गरे।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News