Deshko News
६ आश्विन २०८०, शनिबार

फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य



काठमाडौं, असोज २ । जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।

संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ ।

२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो ।

मूल्य वृद्धिपछि बजारमा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

जिउँदो ब्रोइलरको मूल्य वृद्धिसंगै अब तयारी मासुको मूल्य पनि बढ्ने देखिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News