सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, असोज ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्