४.६ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुुस


 


काबुल (अफगानिस्तान), मंसिर २३

अफगानिस्तानको उत्तरपूर्वी लोगार प्रान्तमा बिहीबार ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तनको राजधानी काबुलबाट ६० किलोमिटर दक्षिणमा अवस्थित पुल¬–ए–आलम क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का काबुलमा पनि महसुस भएको थियो ।

अफगानिस्तानको दैवीप्रकोप व्यवस्थापन अधिकारीले प्रारम्भिक सूचनामा कुनै मानवीय क्षति भएको सूचना नपाएकोे बताएका छन् ।

स्थानीय समयअनुसार दिउँसो २ः३० बजे गएको भूकम्पबाट केही कच्ची घरहरुमा सामान्य क्षति भएकोे समाचार प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्