यो दशैँमा कतिसम्म नयाँ नोट साट्न पाइन्छ ?


 


काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँमा नयाँ नोट साट्न पाउने सीमा निर्धारण गरेको छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही गर्न पाउने जनाएको छ । घटस्थापनाको दिनदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ ।

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक÷एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्