कर्णालीमा एमाले अधिवेशनमा राजबहादुर शाहीद्वारा उम्मेदवारी फिर्ता


 


सुर्खेत, असोज १३ । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए।

केन्द्रीय नेतृत्वको चाहाना विपरित निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले बताए ।

शाहीले पार्टी केन्द्रको चाहाना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्