नगरकोटी राखेपको निमित्त सदस्य सचिव नियुक्त


 


काठमाडौ, जेठ ३२ 

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्य सचिवमा शकुन्तला नगरकोटीलाई नियुक्त गरेको छ।

 उनलाई सोमबार राखेपको जिम्मेवारी सुम्पिएको हो । अाफ्नो चारबर्षे कार्यकाल पुरा गरी युवराज लामाले केही दिन अघिमात्र बिदा लिएका थिए।

डडेलधुरा स्थायी ठेगाना भएकी नगरकोटी परिषदको निमित्त सदस्यसचिव बन्ने पहिलो महिला हुन्। उनलाई तीन महिनाअघि सदस्यमा नियुक्त गरिएको थियो।

एमालेको भागमा युवा तथा खेलकुद मन्त्रालय परेको हुनाले यसपटक राखेपको भावि सदस्यसचिवमा वर्तमान उपाध्यक्ष लामा टेण्डी शेर्पा र पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिनाको नाम चर्चामा छ ।

लामाको बिदाई पछि तत्कालै सदस्यसचिव नियुक्त नगरी मन्त्रालयले निमित्त सदस्यसचिव नियुक्त गरेको हो।

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्