बझाङमा भूकम्पले भौतिक संरचनामा क्षति, विद्यालय भवन र घर भत्किए


 


धनगढी, असोज १६ । बझाङमा मंगलबार दिउँसो गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ ।

यद्यपि जिल्लाको तलकोट केन्द्रबिन्द भएर गएको भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको विवरण आइरहेको बताइन् । उनले मानवीय क्षतिको विवरण भने नआएको बताइन् ।

उनका अनुुसार भूकम्पले ठाउँ–ठाउँमा सुख्खा पहिलो पनि खसेका छन् । जसले गर्दा बाटो पनि बन्द भएको छ ।

भूकम्पले अछाम र बाजुरामा पनि भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्