बझाङमा भूकम्प गएको गयै, स्थानीयले कटाए खुला आकाशमुनि रात


 


बझाङ, असाेज १७
बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान मात्रै दुई परकम्प आएका हुन् ।

बिहान ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ । यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम्मका ६ वटा परकम्प गएका थिए ।

यीबाहेक सानासाना परकम्प गइरहेको केन्द्रले जनाएको छ । भूकम्पले घर भत्काउँदा कतिपय परिवारले खुला आकाशमुनि रात बिताएका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्