माछापुच्छ्रे बैंक २४औँ वर्षमा प्रवेश, ल्यायो अफरै-अफर


 


काठमाडौं, असोज १७ । माछापुच्छ्रे बैंक लिमिटेड २३औँ वर्षपार गरी २४औँ वर्षमा प्रवेश गरेको छ ।

२३ वर्षअघि पोखरामा क्षेत्रिय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले अहिले स्थापनाको २३औं वर्ष पार गरेको हो ।

यस अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

साथै यस अवसरमा बैंकले विभिन्न क्यास ब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु डेबिट तथा क्रेडिट कार्डबाट लिन सकिनेछ ।

उक्त अफर अन्तर्गत २ जना भाग्यशाली Fonepay Merchant ले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् ।

यस्तै बैंकको एक जना ग्राहकले एमबिएलएम स्मार्टबाट Fonepay Bills माफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरु असोज १५ देखि असोज ३० गतेसम्मको लागि लागु रहने छन् ।

साथै बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३% सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, NepalPay QR मार्फत भुक्तानी गर्र्दा २३% सम्मको क्यासब्याक २२३ रुपैयाँ उपलब्ध गराउनेछ ।

Citytech को तीन जना FINPOS Merchant ले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, CG Digital तथा Celltron Nepal Pvt. Ltd. ले १ भाग्यशाली Merchant लाई CG टिभि र Celltron मार्फत Honor phone पाउन सक्नेछन् रMOCO मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३% सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । उक्त अफरहरु असोज १ गतेदेखि सुरु भएकोमा असोज १७ मा समाप्त हुनेछन् ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले बैकलाई यहाँसम्म ल्याइयुर्याउने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, कर्मचारी लगायतलाई धन्यबाद दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आइरहेको बताए । उनले बैंकले स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको समेत बताए ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्