कमलामा भोलि सार्वजनिक बिदा


 


जनकपुरधाम, असोज १८ । धनुषाको कमला नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाकाका मेयर विश्वेश्वरप्रसाद यादवले आज एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् ।

साथै सो पर्वका अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरू समेत बन्द हुने भएका छन् ।

प्याब्सन र एन प्याब्सन धनुषाले सो पर्वको अवसरमा बिदा दिने निर्णय गरेका हुन् ।

एन प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र एन प्याब्सनका अध्यक्ष रवीन्द्र चौधरीले एक सूचना जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका सबै बोर्डिङ स्कुलहरू बिदा हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्