महाराष्ट्रमा आगलागीमा परेर हुँदा सात जनाको मृत्यु


एजेन्सी । भारतको महाराष्ट्रमा एक भवनमा आगलागी हुँदा सात जनाको जलेर मृत्यु भएको छ ।
महाराष्ट्रको गोरेगाउँस्थित आजाद नगरमा रहेको सात तले भवनमा शुक्रबार बिहान करिव ३ बजे भीषण आगलागी हुदाँ दुई बालक, दुई महिलासहित सात जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भवनभित्र फसेका ३० जना बढीको उद्धार गरिएको छ । आगलागीबाट ४६ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार