एमालेले सरकार छोडेदेखि देश ओरालो लाग्यो : अध्यक्ष ओली

धनगढी, असोज २१ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारकै कारण देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको बताएका छन् ।
आइतबार धनगढीमा नेकपा एकालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले अहिलेको सरकारलाई विकास, सुशासन र समृद्धिको कुनै वास्ता नभएको बताए । ‘अहिलेको सरकारलाई विकास, सुशासन र समृद्धिको वास्ता छैन्’, उनले भने, ‘एमालेले सरकार छोडेदेखि देश ओरालो लागेको छ । दुई वर्षको बीचमा अर्थतन्त्र ध्वस्त भएको छ ।
सात प्रतिशतभन्दा माथि पु¥याएको आर्थिक बृद्धिदर अहिलेको सरकारले दुई प्रतिशत भन्दा तल पु¥याएको उनले बताए ।
त्यस्तै अहिलेको सरकारले जनशक्ति विदेशिने क्रम रोक्न नसक्दा खेतबारी बाँझै रहेको भन्दै उनले भने, ‘विद्यार्थी पनि विदेश पढ्न जादा इन्जिनियरिङ, कृषि प्राविधिक कलेजहरुलेले विद्यार्थी नपाउने अवस्था भएको छ । उनले देश साच्चिकै देश अप्ठ्यारो अवस्थामा रहेको बताए ।
देश ओरालो अवस्थामा लागेको बताउँदै उनले अब देश एमालेले मात्रै बनाउने जिकिर गरे । उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतका नेताले शुभकामना मन्तव्य राखेका थिए ।
सोमबारसम्म धनगढीमा सञ्चालन हुने महाधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार