नेपालमा पहिलोपटक काठमाडौँ अदालतबाट सुरु भयो पारिवारिक इजलास

काठमाडौं, असोज २२ । नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ ।
सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो । उक्त इजसालसको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले एक कार्यक्रमकाबीच उदघाटन गरे ।
महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना अनुसार पहिलोपटक यस्तो इजलास सुरु गरिएको उनले बताए ।
उनका अनुसार यो इजलासमा महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेरिनेछ ।
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार