राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गर्ने ११ जना पक्राउ


 


काठमाडौं, असोज २२ । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने लगायतका विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रामकृष्ण बरालसहित ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पहाडी र बरालसहित सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेका सबैलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखेको जनाएको छ । समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गरेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्