सिक्किममा बाढीपहिरोमा परी १० जना नेपाली सम्पर्कविहीन


 


विराटनगर, असोज २२ । सिक्किममा बाढीपहिरोमा परेर १० जना नेपाली सम्पर्कविहीन भएका छन् ।

असोज १७ गते सिक्किमा भीषण वर्षापछि गएको बाढीपहिरोमा परेर इलामका १० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन मध्ये पाँच जना एकै गाउँका छन् ।

बेपत्ता भएकाहरु सिक्किमको लाचेन क्षेत्रमा काम गर्न गएका थिए । सोही क्षेत्रमा अत्याधिक वर्षापछि टिष्टाको बाँध फुटेर बाढी आएको थियो ।

बाढीमा परी २२ जना सैनिकसहित १०५ जना बेपत्ता भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

सिक्किममा रोजगारीका लागि पूर्वी पहाडी जिल्लाबाट नेपालीहरु जाने गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने सिक्किमा दुई जना नेपाली मात्रै बेपत्ता भएको जानकारी आएको बताएका छन् ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्