एमाले सुदूरपश्चिम अधिवेशन : तिमिल्सिनाको उम्मदेवारी फिर्ता, जैसीलाई समर्थन


 


धनगढी, असोज २४ । एमाले सुदूरपश्चिको अध्यक्ष पदका प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले कृष्णप्रसाद जैसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले उम्मेदवारी फिर्ता लिएका छैनन्। यद्यपि सहमतिका लागि संवाद जारी रहेको बताइएको छ ।

संस्थापन पक्षले भने जैसीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै खाका बनाएको छ । उक्त समितिमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्दलाई बनाउने प्रस्ताव छ।

त्यस्तै खुला उपसचिवमा कैलालीका नेपालु चौधरी र महिला उपसचिवमा कञ्चनपुरका कलसा महरालाई प्रस्ताव गरिएको छ।

तर चौधरी र महराले उम्मेदवारी नै दर्ता गरेका छैनन् । अध्यक्षमा अर्का उम्मेदवार भरत साउँद र बचन सिंहको उम्मेदवारी भने कायमै छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्