हिमालयन बैंकले प्रहरीलाई दियो पाँच थान क्यामरा


 


काठमाडौं, असोज २४ । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाण्डौंलाई दुई लाख सतसठ्ठी हजार पाँच सय रुपैयाँ बराबरको ‘इन्ष्टा ३६० चेष्ट’ सहित पाँच थान ‘गोप्रो हिरो–९’ उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामग्री खरिद गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधमा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न सो सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र बैंकका मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्