बझाङमा जिप दुर्घटना, ६ जना घाइते

बझाङ, कार्तिक ३ । बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
जिप बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।
जिपमा चालक विनोद धामीसहित ९ जना सवार थिए । जिप ब्रेक फेल भएर बिच सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार