हेलिकोप्टर दुर्घटनामा घाइते भएका ​​​​​​​पाइलट सेढाईंको मुत्यु


 


काठमाडौं, कार्तिक ८ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको हो । मनाङ एयर प्रालिले विज्ञप्ति जारी गर्दै सेढाईको मृत्यु भएको जानकारी दिएको हो ।

गत असोज २७ गते सोलुखुम्बुको खुम्बु क्षेत्रमा भएको मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्ट दुर्घटनामा उहीँ घाइते भएका थिए । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईं मात्र थिए ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्