म्यागी र मायोज ब्राण्डका चाउचाउ बिक्री वितरणमा रोक


 


काठमाडौं जेठ ३२Maggi-Noodles

सरकारले मायोजको ‘नो एडेड एमएसजी’ ब्रान्डको चाउचाउ बिक्री वितरणमा रोक लगाएको छ। प्याकेटबाहिर ‘नो एडेड एमएसजी’ लेखिएको मायोज परीक्षण गर्दा एमएसजी पाएपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार सो चाउचाउको बिक्री वितरण रोक लगाएको हो।

‘म्यागी र मायोज ब्रान्डका चाउचाउको लेबमा नो एडेड एमएसजी उल्लेख भएको तर परीक्षण गर्दा एमएसजीको उपस्थिति देखिएकाले उक्त दुई ब्राण्डका चाउचाउलाई कारवाही अघि बढाउने निर्णय भएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विभागले नेपालका १६ र भारतको म्यागी ब्रान्डका १३ चाउचाउहरुको परीक्षण गरेको थियो। हालसम्म प्रयोगशाला परीक्षणकार्य सम्पन्न भएकामध्ये म्यागी ब्राण्डका ५, वाइवाइ ३, यमयम १ गरी जम्मा ९ नमूनामा लीडको मात्रा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम् २.५ पिपिएम्को परिधिभित्र पाइएको छ।
भारतबाट आयातीत म्यागीलगायत नेपालमा उत्पादित विभिन्न चाउचाउका १३ नमूनाहरू परीक्षण गर्दा मोनोसोडियम ग्लुटामेट (MSG) को उपस्थिति पाइएको तर उक्त मात्रा नेपाल सरकारले चाउचाउका लागि तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम् १ प्रतिशतको परिधिभित्र पाइएको छ।
सङ्कलित बाँकी नमूनाहरूको प्रयोगशाला परीक्षण कार्य जारी रहेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाएका छन्।

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्