नेपालको चार दिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस

काठमाडौं, कात्र्तिक १५ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् ।
गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।
उनले संसदमा जलवायु परिवर्तन र विश्व शान्तिको विषयमा आफ्नो धारणा राखेका थिए । त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए ।
नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । त्यहाँबाट उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्तासमेत गरेका थिए ।
प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार