जाजरकोट भूकम्प : ठाउँठाउँमा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ


 


जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका हुन् । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्