गाजालाई दुई भागमा विभाजित गरेको इजरायलको दाबी

एजेन्सी । इजरायलले गाजालाई उत्तरी र दक्षिणी क्षेत्र गरेर दुई भागमा विभाजन गरेको दाबी गरेको छ ।
रिपोर्टका अनुसार उत्तरी गाजामा आइतबार ठूलो मात्रामा हमला र हवाई हमला गरिएको थियो ।
इजरायली सेनाका अनुसार सेना सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ ।
त्यस्तै इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि ‘एउटा कोरिडोर’ प्रदान गरिरहेको छ ।
इजरायलले गाजामा भीषण आक्रमण जारी राख्ने र उत्तरी गाजा र गाजा शहरमा जमिन आक्रमण जारी राख्ने जनाएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार