युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । यूरोपको भ्रमण स्थगित गरेर उनी भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न त्यस क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जाने बताइएको छ । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो ।

मुलकुमा विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्