उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने


 


काठमाडौँ, कार्तिक २२ । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर द२ताबास बन्द गर्ने निर्णयबारे जानकारी दिएक ाहुन् ।

राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजदूत मेनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्