पोल्याड पठाइदिने भन्दै ३८ लाख ठगेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, कार्तिक २२ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भएर नागार्जुन बस्दै आएकी सुनिता कर्माचार्य छिन् ।
३९ वर्षीया कर्माचार्यलाई इन्द्रचोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
कर्माचार्यले १७ जनालाई ‘पोल्याड पठाउँछु’ भनेर ३८ लाख रकम लिएर फरार भएको आरोप छ ।
प्रहरीले उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको जनाएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार