Deshko News
१४ मंसिर २०८०, बिहिबार

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष जेल चलान


 


सर्लाही, कार्तिक २३ । सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतो ज्यान मार्ने उद्योगमा जेल चलान भएका छन् ।

सर्लाही जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा जिल्ला प्रहरी कार्यालयमा उनीविरूद्ध कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो।

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएका हुन् ।

उनी स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

यही मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्