मंसिर ७ मा दुई समूहको प्रदर्शनलाई लिएर गृह मन्त्रालयमा छलफल


 


काठमाडौँ, मंसिर ३ । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयले सरोकारवालालाई बोलाएको छ ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको बताइएको छ ।

यही मङ्सिरमा ७ मा एकै दिन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले प्रदर्शन गर्ने भएपछि गृहमन्त्रालयले शान्ति सुरक्षाबारे छलफल गर्न छलफल थालेका हुन् ।

बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।

युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्