माओवादी–नेसपा एकता : के राखिँदैछ एकीकृत पार्टीको नाम ?


 


काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकताका लागि छलफल जारी छ ।
छलफलका क्रममा एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न सकारात्मक छलफल भएको छ ।

आज (आइतबार) दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर पछाडि समाजवादी थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी एकता संयोजन समितिमार्फत पार्टीको वैचारिक तथा नीतिगत सुझाव, झण्डा, नाम लगायत विषयमा आवश्यक सुझाव दिएर अगाडि बढ्ने सहमति भएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्