ट्रकको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ, मंसिर ३ । मकवानपुरको हेटौँडामा आइतबार ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
हेटौँडा– ६ चौघडामा ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शान्ति टोलमा हेटौँडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना।७ ख १८१६ ट्रकले दिएपछि बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार