Deshko News
१४ आश्विन २०८०, आइतबार

कक्षा ११ काे परीक्षाफल अायाे, कति विद्यार्थी उत्तीर्ण भए ?



भक्तपुर, मंसिर ३०

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्षभन्दा यस वर्ष २ दशमलव ५१ प्रतिशत परीक्षार्थी बढी उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागीमध्ये ३३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि भने बोर्डले आगामी माघ ८ गते परीक्षा लिने निर्णय गरेको छ । बोर्डले कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल भने गत मङ्गलबार सार्वजनिक गरेको थियो ।

विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गर्ने गरे पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।

कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले यसै वर्ष स्नातक तह भर्ना हुन पाऊन् भनेर नियमित परीक्षाभन्दा आंशिक परीक्षाको परीक्षाफल एक साताअघि नै सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News