काठमाडौँका दुई ठाउँबाट २४ जना जुवाडे पक्राउ

काठमाडौँ, मंसिर ४ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले २४ जना जुवाडे पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका(२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका(८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर९जुवा० खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रुपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।
यस्तै काठमाडौँ महानगरपालिका(१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार