एमाले अध्यक्ष ओली आज कैलाली जाँदै


 


काठमाडौँ, मंसिर १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) कैलाली जाँदैदै छन् ।

उनी आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी जाने जनाइएको छ । १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आउन लागेका हुन् ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू आउँदै छन् ।

अध्यक्ष ओली लगायतका नेताहरू आज धनगढी नै बस्ने छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोली आउँदै छन् ।

ओलीसहितका नेताहरु भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् ।

एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ । तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भैरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्