रूसी सेनामा कार्यरत नेपाली युवाको मृत्यु


 


काठमाडौँ, मंरि १ू । रूसी सेनामा भर्ना भएका दोलखाका राजकुमार रोक्काको मृत्यु भएको छ ।

दुई महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका उनको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् ।

नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनको मृत्युबारे थप विवरण आउन प्राप्त हुन बाँकी नै छ ।

यसअघि रुसी सेनामै भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको थियो ।

युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा केही महिनाअगाडि मात्र नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए ।

रुसले सन् २०२२ को फेब्रुअरीयता युक्रेनमा आक्रमण गरिरहेको छ । यस्तोमा रुस र युक्रेन दुवैले विदेशी मूलका मानिसहरूलाई सेनामा भर्ती गरिरहेका छन् ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्