भारतमा चट्याङले एकै दिन १८ जनाको मृत्यु


 


नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा चट्याङका कारण एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

आइतबार बेमौसमी भीषण आँधीसँगै चट्याङ परेको अधिकारीहरूले बताएका छन् ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटना निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्