डोटीमा एक युवक मृत फेला


 


डोटी, मंसिर १२ । डोटीमा एक ३० वर्षीय युवक मृत फेला परेका छन् ।

मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नारायण सिह नेगीले बताए ।

उनका अनुसार शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पुर्याइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्