माछापुच्छ्रे बैंकद्वारा आईएनपिओएस कारोबारमा साउण्ड प्रविधि पनि


 


काठमाडौं, मंसिर १२ । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ«े बैंक लिमिटेडले नेपालमा पहिलो पटक पिओएस मेसिनमा इन्सटेन्ट पेमेन्ट नोटिफिकेशन प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका एफआईएनपिओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (क्यगलम) बाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

बैंकका अनुसार अब माछापुच्छ्रे बैंकका एफआईएनपिओस मर्चेन्टहरुले कार्ड, क्युआर (नेपाल पे वा फोन पे) र एम–स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी (क्यगलम) मार्फत हुनेछ ।

यसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी आईएनपिओएस पिओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा
माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन
माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको बैंकले जनाएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ देशका सातवटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्