एभरेष्ट बैंकद्वारा चेतनामूलक भिडिओ सार्वजनिक


 


काठमाडौं, मंसिर १२ । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल लिटरेसी’ अन्तर्गत विभिन्न पाँचवटा वित्तीय चेतनामूलक भिडिओ सार्वजनिक गरेको छ ।
आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उदेश्यले भिडियोहरुको निर्माण गरिएको बैंकले जनाएको छ ।

भिडिओहरुको श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी विधि रहेको उनले बताए ।

उक्त भिडियोहरुबाट ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबिआई) संगको सहकार्यमा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्