कोठामा बोलाएर १२ वर्षीया बालिकामाथि बलात्कार, एक युवक पक्राउ


 


झापा, मंसिर १२ । झापामा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको कचनकवल गाउँपालिका(३ बस्ने २० वर्षीय मिलन माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

माझीले बालिकालाई आफ्नै कोठामा गत बिहीबारदेखि पटक(पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्