प्रदेशका गृहमन्त्रीहरुले भेटे संघीय गृहमन्त्री, प्रहरी समायोजनको माग


 


काठमाडौँ, मंसिर १२ । सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रहरी समायोजनको माग गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ ।

मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

प्रदेश गृहमन्त्रीहरुले देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको गुनासो राखेका छन् ।

प्रदेश गृहमन्त्रीहरुले आजै साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्