लागूऔषध मुद्दाका फरार प्रतिबादी चार वर्षपछि पक्राउ


 


स्याङजा, मंसिर १२ । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले सोठी ठाउँबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि स्याङजा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्