अनेरास्ववियुले निर्माण गर्यो भूकम्पबाट क्षतिग्रस्त विद्यालयका लागि अस्थायी टहरा


 


काठमाडौं, मंसिर १२ । अनेरास्ववियुले भूकम्पले क्षतिग्रस्त बनाएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको दुई वटा माध्यमिक विद्यालयका लागि अस्थायी टहरा निर्माण गरेको छ ।

अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्तीको नेतृत्वको समूहले आदर्श माविको लागि ९ वटा अस्थायी टहरा र जनविकास माविको लागि ७ वटा अस्थायी टहरा निर्माण गरी सम्बन्धित विद्यालय प्रधानाध्यापकलाई हस्तान्तरण गरेकोह ो ।

भूकम्पले विद्यालयको भवन क्षतिग्रस्त बनाएपछि विद्यालयले खुला चौरमा पठनपाठन सुरू गरेको थियो ।

चिसो मौसम सुरू भएकोले खुला चौरमा हावाले बालबालिका विरामी हुने जोखिम देखिएकोले केही कम गर्न टहरा बनाइएको उपाध्यक्ष घर्ती बताए ।

गत १७ कात्तिकमा गएको भूकम्पले आठबिसकोट नगरपालिकाको अनुसार पालिकाको ६४ विद्यालयमध्ये ५२ विद्यालयमा क्षति पुगेको छ । भूकम्पमा परी ११ जना विद्यार्थी र एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्