रुकुम पश्चिममा माओवादी केन्द्रद्वारा तीन हजार स्वयंसेवक परिचालन


 


रुकुम पश्चिम, मंसिर १३ । माओवादी केन्द्रले रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन तीन हजार स्वयंसेवक परिचालन गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा स्वयंसेवक परिचालन गरिएको हो ।

रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्लाको सिंगो माओवादी पार्टीलाई स्वयंसेवक दलमा रुपान्तरण गरिएको जिल्ला संयोजक गोविन्द रोका ९सचिन०ले जानकारी दिए ।

अहिले भूकम्पले बढी प्रभावित आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा स्वयंसेवक टोली केन्द्रित भएको छ ।

त्यहाँको काम सकिएपछि कम प्रभावित अन्य पालिकामा टोलीलाई खटाउने योजना छ ।

पश्चिम रुकुममा २६ हजार घर पुनर्निर्माण गर्नुपर्ने भएपनि अस्थायी आवास भने १६ देखि २० हजार जति निर्माण गर्नुपर्ने आवश्यकता रहेको उपमहासचिव शर्माले बताए ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ताहरु पनि खटिएका छन् ।

सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास छिटो पुनर्निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाउने निर्णय गरेको छ ।

गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्