त्रिपालमुनी बस्दै आएका ६ जना वृद्ध–वृद्धाको मृत्यु


 


रुकुम पश्चिम, कार्तिक १२ । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका ६ जना भूकम्प प्रभावित वृद्ध–वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो ।

त्रिपालमुनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिए । टिकुको मङ्सिर १० गते र खलीको १२ गते मृत्यु भएको हो । त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ ।

कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मङ्सिर ५ गते ८० बर्सिया पद्मी ओली र मङ्सिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो ।

सानी भेरी गाउँपालिका – १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने भएपछि उनीहरू त्रिपालमा बस्दै आएका थिए ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्