रास्वपाले गर्यो सबै सांसदलाई केन्द्रीय सदस्य मनोनीत


 


काठमाडौं, मंसिर १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकी रहेका सबै सांसदलाई केन्द्रीय मनोनित गरेको छ ।

महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो ।

बैठकले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो । जसमा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्